Aadarsh-Daily

रौतहटमा १३३ किलो गाँजासहितको कार पल्टियो, चालक फरार

ad-4p

रौतहटको गरुडामा प्रहरीले मंगलबार बिहान एक निजी कारबाट ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ। प्रहरीले रोकेपछि फरार हुन खोज्दा दुर्घटनामा परेको उक्त कारबाट १३३ किलो गाँजा फेला परेको हो।

content ad p2

इलाका प्रहरी कार्यालय गरुडाका अनुसार ग३च ६७९६ नम्बरको रातो रंगको ब्रेजा कार चन्द्रनिगाहपुरबाट गौरतर्फ गइरहेको थियो। इलाका प्रहरी कार्यालय अगाडि कारलाई रोकिन संकेत दिइए पनि चालकले बेवास्ता गरी तीव्र गतिमा भाग्न खोजेपछि शंका उत्पन्न भएको थियो।

content left

पिछा गर्ने क्रममा उक्त कार गरुडा नगरपालिका–५ स्थित झाझ खोला नजिकैको सडकबाट झन्डै २० फिट तल खरघारीमा पल्टिएको थियो। त्यसक्रममा चालकले गाडी त्यहीँ छाडेर फरार भएको इलाका प्रहरी प्रमुख डीएसपी राजन कार्कीले जानकारी दिए।

पल्टिएको गाडीबाट प्रहरीले १३ पोकामा राखिएको झन्डै १३३ किलो गाँजा बरामद गरेको छ। घटनास्थलबाट गाडी क्रेनको सहायताले निकालीएको छ भने फरार चालकको खोजी तीव्र पारिएको डीएसपी कार्कीले बताए।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा गाँजा मकवानपुरको पहाडी भेगबाट ल्याइएको हुन सक्ने आशंका गरिएको छ, जहाँ गाँजाको अवैध खेती व्यापक रूपमा हुने गरेको पाइन्छ। हाल प्रहरीले गाडीको स्वामित्व र लागुऔषध तस्करीमा संलग्न व्यक्तिहरूको पहिचान गर्न थप अनुसन्धान अघि बढाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily