Aadarsh-Daily

नेप्से लगातार साताैं काराेबार दिन बढ्याे

ad-4p

शेयर बजार लगातार साताैं कारोबार दिन बढको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव १७ अङ्कले बढेर २ हजार ९ सय ७८ दशमलव ८८ विन्दुमा पुगेको छ ।

content ad p2

आज बैंक, विकास बैंक, होटल, बीमा, माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

content left

आज ट्रेड टावर र सान्भी इनर्जी कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर भने ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो २० अर्ब ८ करोडको कारोबार भएकोमा आज ३ सय १९ वटा कम्पनीका ४ करोड ४८ लाख कित्ता शेयर १९ अर्ब ५७ करोड रुपैयाँमा किनबेच भएको छ ।

यसैबीच बजार पूँजीकरण अर्थात् लगानीकर्ताको सम्पत्ति अहिलेसम्मकै उच्च ४९ खर्ब ७० अर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily