Aadarsh-Daily

सप्तरीमा पाँच दिनमै चार जनाको शंकास्पद मृत्यु, प्रहरी अनुसन्धानमा

ad-4p

सप्तरी — सप्तरी जिल्लामा पछिल्ला पाँच दिनभित्र चार जनाको शंकास्पद मृत्यु भएको छ। खेत, घर र विभिन्न स्थानमा शव फेला परेपछि घटनाप्रति चिन्ता बढेको छ। प्रहरी घटनाहरूको सूक्ष्म अनुसन्धानमा जुटेको बताइए पनि स्थानीयले यस्ता घटनामा वृद्धि हुनु चिन्ताजनक भएको बताएका छन्।

content ad p2

पछिल्लो घटना राजगढ गाउँपालिका–५ मलेकपुर कामत टोलमा भएको हो, जहाँ बुधबार एक धान खेतमा अन्दाजी ४५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्। स्थानीय गुलाब सिंहको खेतमा शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो। शव मुस्लिम समुदायको जस्तो देखिएको भए पनि अझै पहिचान खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतका अनुसार कानुनी प्रक्रिया पूरा गरी अनुसन्धान भइरहेको छ।

त्यसअघि मङ्गलबार विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका २१ वर्षीय जितेन्द्र यादव राजगढ गाउँपालिका–३ स्थित ससुरालीमा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए। शव शंकास्पद देखिएकाले पोष्टमार्टमका लागि धरान पठाइएको प्रहरीले जनाएको छ।

content left

यही मङ्गलबार अग्निसाई कृष्णासवरण गाउँपालिका–३ मट्टिगढाका २२ वर्षीय कृष्णकुमार चौधरी (गोलु) पनि मृत फेला परेका थिए।

त्यसअघि शनिबार राजविराज नगरपालिका–८ हिमालय टोलमा कृष्ण पोखरेलको घरमा डेरा गरी बस्ने २९ वर्षीया ऋतु पौडेल आफ्नै कोठामा झुन्डिएको अवस्थामा भेटिएकी थिइन्।

पाँच दिनमा यति धेरै शंकास्पद मृत्यु हुनु आपराधिक गतिविधि वा मानसिक स्वास्थ्य समस्या दुवैसँग सम्बन्धित हुनसक्ने अनुमान गरिएको छ।

प्रवक्ता बस्नेतका अनुसार सबै घटनाको सूक्ष्म ढंगबाट अनुसन्धान भइरहेको छ भने दोषी पाइए कडा कारबाही गरिने बताइएको छ।

तर स्थानीयले भने दोषीमाथि तत्काल र कडा कारबाही नहुँदा यस्ता घटनामा वृद्धि भइरहेको गुनासो गरेका छन्।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily