Aadarsh-Daily

प्रधानमन्त्रीद्वारा तराई मधेशको सुक्खाग्रस्त क्षेत्रको अवलोकन

ad-4p

प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेशको सुक्खाग्रस्त क्षेत्रको अवलोकन गर्नुभएकाे छ । प्रधानमन्त्रीसँगै भाैतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, श्रम राेजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलगायत पनि हुनुहुन्छ ।

content ad p2
content left

महोत्तरीको मटिहानी नगरपालिका–८ को विग्ही नदी पुलको उद्घाटन, वडा नम्बर ६ मा नवनिर्मित प्रसूति गृहको उद्घाटन सभालाई सम्बोधन गर्ने जाने क्रममा प्रधानमन्त्री ओलीले हेलिकप्टरमार्फत सुक्खाग्रस्त क्षेत्रकाे अवलाेकन गर्नुभएकाे हाे ।

प्रधानमन्त्री ओलीले महोत्तरीमै जनकपुर–कुर्था–सम्सी सडकखण्ड रौजाको रातुखोला पुल उद्घाटन गर्ने कार्यक्रम पनि छ । यसैगरी उहाँले बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

अवस्था जटिल बनेपछि असार अन्तिम हप्ता प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो भने अस्ति बुधवार सङ्घीय सरकारले मधेशलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । पानीकाे अभाव भएपछि मधेशमा धान राेपाइँ अहिलेसम्म ५० प्रतिशत पनि हुन सकेकाे छैन ।

सम्बन्धित खबर

उच्च पदस्थको सम्पत्ति छानबिन र भदौ २३–२४ घटनामा अध्ययन समिति गठन

Aadarsh Daily

कांग्रेस कार्यसम्पादन समिति बैठक सानेपामा सुरु

Aadarsh Daily

बहुदरमाई–२ मा रास्वपा उम्मेदवार शुशिल साह कानुको घरदैलो अभियान सम्पन्न

Aadarsh Daily