Aadarsh-Daily

भारत लैजाँदै गरेको गाँजासहित पर्साका एक युवक पक्राउ

ad-4p

पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित करबोलाबाट ठूलो परिमाणमा लागुऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति पर्सागढी नगरपालिका–९, एकटंगाका ३४ वर्षीय जगमोहन यादव रहेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ।

content ad p2
content left

भारततर्फ जाँदै गरेको बीआर ०५ एजी ६८०५ नम्बरको मोटरसाइकलमा चेकजाँच गर्ने क्रममा प्रहरीले ८ किलो ४४० ग्राम गाँजा बरामद गरेको हो। मोटरसाइकलको सिटमुनी र युवकको शरीरमा गाँजा बाँधिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

प्रहरीका अनुसार लागुऔषध ओसारपसारमा संलग्न रहँदै आएका व्यक्तिहरूलाई नियन्त्रणमा लिन विशेष चेकजाँच अभियान तीव्र पारिएको छ। पक्राउ परेका यादवलाई हाल हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।

लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्न चेकजाँच अभियानलाई अझ कडा बनाइने प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily