Aadarsh-Daily

रोजगारी तथ्याङ्क कमजोर देखिएपछि विभाग प्रमुखलाई बर्खास्त गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन

ad-4p
content left
content ad p2

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोजगारी तथ्याङ्क कमजोर देखिएपछि विभाग प्रमुखलाई बर्खास्त गर्न निर्देशन दिनुभएको छ ।

कमजोर रोजगारी वृद्धिको तथ्याङ्क सार्वजनिक भएपछि श्रम तथ्याङ्क आयोगकी प्रमुख एरिका म्याकएन्टारफरलाई बर्खास्त गर्न ट्रम्पले निर्देशन दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

साथै ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा आफ्नो टोलीलाई पूर्व राष्ट्रपति जो बाइडेनले नियुक्त गरेका राजनीतिक अधिकारीलाई हटाउन निर्देशन दिएको उल्लेख गर्नुभएको छ ।

पछिल्लो सार्वजनिक तथ्याङ्कअनुसार अमेरिकामा मे, जुन र जुलाई महिनामा रोजगारी वृद्धिको दर अघिल्लो अनुमानभन्दा धेरै कम भएको देखिएको छ ।

रोजगारी वृद्धिदर घट्नु अर्थतन्त्रको लागि चिन्ताजनक अवस्था मानिएको विश्लेषण गरिएको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily