Aadarsh-Daily

कोकिनसहित त्रिभुवन विमानस्थलबाट विदेशी महिला पक्राउ

ad-4p
content left

नेपाल प्रहरीले लागूऔषध कोकिन लुकाएर ल्याउने एक जना विदेशी महिलालाई पक्राउ गरेको छ ।

प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ब्राजिलबाट कतारको दोहा हुँदै नेपाल आएर नेपालबाट भूटान जान लागेकी २१ वर्षीया एमिली मिकेल सन्तोष फरेरालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्युरोका सह–प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक जीवन निरौलाले कालो रङको भित्री वस्त्रभित्र लुकाएर ल्याएको एक किलोग्राम ९५० ग्राम कोकिनसहित उनलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेकी फरेरालाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम काठमाण्डौ जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको उहाँले बताउनुभयो ।

content ad p2

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily