Aadarsh-Daily

भारत हुँदै खाडी जान लागेका ४० नेपाली महिला काठमाडौं फिर्ता

ad-4p

घरेलु कामदारको रूपमा खाडी मुलुक लैजाने उद्देश्यले भारत पुर्‍याइएका ४० नेपाली महिलालाई उद्धार गरी शुक्रबार काठमाडौं ल्याइएको छ।

content ad p2

रुपन्देहीको सुनौली नाका हुँदै भारतको दिल्ली पुर्‍याइएका ती महिलालाई दिल्लीस्थित नेपाली दूतावास, भारतीय प्रहरी, प्रहरी सहचारी र सामाजिक संस्था ‘किन इन्डिया’को संयुक्त पहलमा उद्धार गरी स्थलमार्गबाट काठमाडौं ल्याइएको हो।

उनीहरूलाई सिनामंगल र गोकर्णस्थित विभिन्न सेल्टर हाउसमा राखिएको छ। उद्धारपछि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको समन्वयमा शक्ति समूहलगायत संस्थाहरूले संरक्षण र काउन्सिलिङको व्यवस्था मिलाएका छन्।

उक्त उद्धार अभियान अन्तर्गत बुधबार राति दिल्लीका चार होटलबाट ६३ जना नेपाली महिलाको रेस्क्यु गरिएको थियो। तीमध्ये २२ जना महिला युरोपियन मुलुकहरू—विशेषतः रोमानिया—जान कागजी प्रक्रिया मिलाउने तयारीमा रहेको र एउटी महिलाको पासपोर्टमा युरोपको भिसा लागेको समेत भेटिएको थियो।

content left

सम्बन्धित मेनपावर कम्पनीले नेपाली दूतावाससँग समन्वय गरी महिलाहरू कानुनी प्रक्रिया पुर्‍याएर युरोप पठाउन लागिएको जनाएको छ। त्यसपछि दूतावासको औपचारिक पत्र प्राप्त भएपछि २२ जनालाई मेनपावरका प्रतिनिधिका जिम्मा लगाइएको ‘किन इन्डिया’का निर्देशक नवीन जोशीले जानकारी दिए। बाँकी ४० जनालाई भने शुक्रबार काठमाडौं ल्याइएको हो।

उद्धार गरी काठमाडौं ल्याइएका महिलाहरू कुवेत, साउदी अरेबिया, ओमान र दुबईलगायत खाडी मुलुक जान लागेका थिए। तर ती मुलुकहरूमा घरेलु कामदारको रूपमा महिला पठाउन नेपाल सरकारले रोक लगाएको छ। सोही कारण नेपालबाटै सिधा प्रस्थान गर्दा अध्यागमनमा रोक लाग्ने डरले उनीहरूलाई भारत हुँदै तेस्रो मुलुक लैजाने प्रयास गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले उद्धार गरिएका महिलाहरूको बारेमा प्रारम्भिक जानकारी संकलनको काम सुरु गरिएको बताए। उनका अनुसार ब्यूरोले एक टोली पठाएर महिलाहरूको बयान लिने तयारी गरेको छ।

तर उद्धार गरिएकामध्ये अधिकांश महिला भने आफूखुसी विदेश जान लागेको भन्दै प्रहरी समक्ष उजुरी दिन तयार नरहेको बताइएको छ। “उनीहरू उल्टै आक्रोशित देखिएका छन्। विदेश जान पाउने अधिकार खोसिएको भन्दै असन्तुष्टि जनाएका छन्,” एक प्रहरी अधिकृतले बताए।

हाल महिलाहरूलाई काउन्सिलिङ दिइँदैछ। यदि उनीहरूले औपचारिक उजुरी दिएमा मात्र मानव बेचबिखनसम्बन्धी कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले स्पष्ट पारेको छ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily