Aadarsh-Daily

मधेश प्रदेशमा तस्करीको साम्राज्य, आठै जिल्लामा नाका ‘खुला’

ad-4p

वीरगञ्ज — भारतसँग सीमासम्बन्धित मधेश प्रदेशका आठै जिल्लामा ठूलो मात्रामा अवैध तस्करी जारी छ। सम्बद्ध सुरक्षा निकायको मौनता र स्थानिय व्यापारीसँगको मिलेमतोका कारण यी जिल्ला तस्करीको ‘हव’ बनेका छन् भने यसले सरकारले उठाउने राजस्वमा ठूलो क्षति पुर्‍याइरहेको छ।

content ad p2

स्थानीय स्रोतका अनुसार, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लाका नाकाबाट दैनिक रूपमा रासायनिक मल, कपडा, गाँजा, मदिरा लगायतका सामग्रीहरू अवैध रूपमा भारतबाट भित्र्याइँदैछन्।

विशेषगरी बिहानको समयमा प्रमुख नाकामा सुरक्षाकर्मीको अनुपस्थिति देखिनु र सो समयमै ठूलो मात्रामा सामान भित्रिनुले तस्करीमा उच्चस्तरीय सेटिङ रहेको पुष्टि गर्छ।

content left

प्रमुख जिल्ला र संलग्न व्यक्तिहरू

  • पर्सा: इलाका प्रहरी कार्यालय विर्ताका वरिष्ठ सई लोकेन्द्र पण्डित नेतृत्वमा कार्यरत केही प्रहरीहरू तस्करीमा संलग्न रहेको आरोप छ। मुकेश गुप्ता, शम्भु दास, जयलाल यादवलगायत दर्जनौं व्यापारीले सीमापारीबाट सामान ल्याएर विभिन्न ट्रान्सपोर्टमार्फत बाहिर पठाइरहेका छन्।

  • बारा: कचोर्वा, सिम्रौनगढ, वैरिया नाकाबाट अवैध सामान भित्रिने क्रम बढ्दो छ।

  • रौतहट: लक्ष्मिपुर बेलविछवा, भन्सार, महादेवपटी लगायत नाकाबाट अबैध सामान प्रवेश भइरहेको छ। गौर नाकामा रुपेश दास, अमरजित, कान्छा लगायतका तस्कर सक्रिय छन्।

  • सर्लाही: गोरखकाली, भेलही, पर्सा नाकाबाट दैनिक लाखौं मूल्य बराबरको सामान भित्रिन्छ। जयमंगल साह (चक्रघटा) जुवा र गाई–गोरु व्यापारमा संलग्न रहेको जनाइएको छ।

  • महोत्तरी: रघुनाथपुर, इटहर्वा, गौशाला, मटिहानी क्षेत्रहरूमा रजनीगन्धा, कपडा, रासायनिक मलको तस्करी फस्टाएको छ।

  • धनुषा: धनौजी, जटही, खजुरी, सबैला लगायत नाकाबाट कपडा, चप्पल, हुण्डी र जुवा चलिरहेको छ।

  • सिरहा: सन्दीप यादव, सुनिल श्रीवास्तव, प्रकाश अग्रवालसहितका व्यापारी सक्रिय छन्।

  • सप्तरी: विस्तृत विवरण नआए पनि हालै मदिरा तस्करीको क्रममा गोली चल्दा एक जनाको मृत्यु भएपछि तनाव फैलिएको छ।

यस विषयमा बुझ्न खोज्दा मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी उमा चतुर्वेदीसँग सम्पर्क हुन सकेन।

रौतहट–२ का सांसद किरण साहले संघीय संसदमा खुलेआम तस्करी र किसानहरूलाई चर्को मूल्यमा मल किन्न बाध्य बनाइएको विषय उठाए पनि अहिलेसम्म सुधारको संकेत देखिएको छैन।

स्थानीय स्रोतले तलदेखि माथिसम्मको साँठगाँठकै कारण मधेश प्रदेशको सीमाक्षेत्र तस्करीको केन्द्रविन्दु बनेको र यसको नियन्त्रण आवश्यक रहेको बताएका छन्।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily