Aadarsh-Daily

पोखरियामा पाँच महिनामा करिब दुई करोड ३० लाख राजस्व संकलन

ad-4p

पर्सा जिल्ला, पोखरिया — भूमिसुधार तथा मालपोत कार्यालय पोखरियाले आर्थिक वर्ष २०८१/८२ को फागुनदेखि असार मसान्तसम्मको पाँच महिनाको अवधिमा दुई करोड ३० लाख ४५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

content ad p2
content left

कार्यालय प्रमुख रामजी साहका अनुसार फागुन महिनामा नौ लाख ६३ हजार ४७८ रुपैयाँ, चैतमा ४३ लाख २३ हजार ८४९ रुपैयाँ, वैशाखमा ५१ लाख ८९ हजार ४६२ रुपैयाँ, जेठमा ७४ लाख ६८ हजार १९४ रुपैयाँ र असार महिनामा ५१ लाख ७३० रुपैयाँ संकलन भएको हो।

स्थानगत आधारमा, पोखरिया नगरपालिकाबाट ८० लाख ६८ हजार ९३९ रुपैयाँ, जगन्नाथपुर गाउँपालिकाबाट २६ लाख ८३ हजार, छिपहरमाई गाउँपालिकाबाट २६ लाख ५७ हजार ७२९, धोबिनी गाउँपालिकाबाट २३ लाख ४७ हजार ४४२, पकाहामैनपुर गाउँपालिकाबाट २३ लाख ६७ हजार ४०० र विन्ध्यवासिनी गाउँपालिकाबाट २० लाख आठ हजार २८४ रुपैयाँ राजस्व प्राप्त भएको छ।

साहका अनुसार राजस्व संकलन लक्ष्यअनुसार नै भएको छ। आगामी वर्षमा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन कार्यालयले विभिन्न सुधारात्मक योजना अघि सारेको जानकारी दिइयो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily