Aadarsh-Daily

कैलाली कारागारमा झडपपछि तनाव, अहिले पनि कैदिकै नियन्त्रणमा कारागार

ad-4p

शुक्रवार मध्यराति कैलाली कारागारमा कैदीबन्दीबीच भएको झडपले तनाव उत्पन्न गरेको छ। घटनापछि सुरक्षाकर्मीले मृतकको शव र घाइतेहरूको उद्धार गरे पनि हिजो बिहानदेखि कैदीबन्दीहरूले कारागार भित्रबाट ताला लगाएर प्रशासन र सुरक्षाकर्मीलाई भित्र जान अनुमति दिएका छैनन्।

content ad p2
content left

मानव अधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालयको टोलीसँग कैदीबन्दीहरूले प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणाबाहेकका माथिल्लो तहका प्रतिनिधि आएपछि मात्र भित्र आउन दिने शर्त राखेका छन्। उनीहरूले कारागारको अवस्था बारे पहिले पनि स्थानीय प्रशासनलाई जानकारी गराए पनि बेवास्ता भएको दाबी गरेका छन्।

साउन १४ गते कारागारमा रहेका ५९० कैदीबन्दीहरूले मानव अधिकार आयोगलाई ध्यानाकर्षण पत्र पठाएर सुरक्षा व्यवस्था सुधार गर्न आग्रह गरेका थिए। आयोगले सम्बन्धित निकायहरूलाई उचित सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएको भए पनि प्रशासनले बेवास्ता गर्दा शुक्रवार राति जघन्य घटना भएको हो।

झडपमा एकजनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ; एक जनालाई काठमाडौँमा थप उपचारका लागि पठाइसकिएको र अर्कालाई पनि पठाउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily