Aadarsh-Daily

मधेस प्रदेशमा ७७ प्रतिशत मात्र धान रोपाइँ, खडेरीले उत्पादनमा २७ प्रतिशत घट्ने अनुमान

ad-4p

खडेरीको असरले मधेस प्रदेशका आठ जिल्लामा यस वर्ष हालसम्म करिब ७७ प्रतिशत मात्र धान रोपाइँ भएको छ। कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवका अनुसार सबैभन्दा बढी रोपाइँ बारामा ९५ प्रतिशत र सबैभन्दा कम महोत्तरीमा ६१.५ प्रतिशत भएको छ।

content ad p2

प्रदेशको कूल पाँच लाख ४२ हजार ५८१ हेक्टर खेतीयोग्य क्षेत्रमध्ये तीन लाख ७२ हजार ६४५ हेक्टरमा धान रोपाइँ हुने गरेकामा हालसम्म दुई लाख ८५ हजार ३३५ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको छ। पर्याप्त वर्षा नभए पनि बोरिङको माध्यमबाट रोपाइँको क्षेत्र बढेको यादवले बताए।

content left

उनका अनुसार बारा र पर्सामा गण्डक नहर, सप्तरीमा कोशी, सर्लाही र रौतहटमा बागमतीबाट सिँचाइ भएको छ। तर, धनुषामा कमला नदी सुक्दा किसानलाई ठूलो समस्या परेको छ। यस वर्ष अधिकतम ८० प्रतिशतसम्म मात्र रोपाइँ हुने अनुमान छ। ढिलो रोपाइँका कारण कुल धान उत्पादनमा करिब २७ प्रतिशत कमी आउने निर्देशक यादवको अनुमान छ।

सुक्खा प्रभावित किसानलाई भूमिगत सिँचाइ व्यवस्थापन सहयोग कार्यक्रम अन्तर्गत प्रदेश सरकारले राहत दिने घोषणा गरेपछि २२ हजार ५२ किसानले आवेदन दिएका छन्। तर सिँचाइ सहयोगका लागि प्रदेश सरकार संघीय सरकारको निर्णयको प्रतीक्षामा छ।

मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार यसका लागि १८ करोड रुपैयाँ विनियोजन गरिए पनि रकम पर्याप्त छैन। खडेरीले प्रभावित किसानलाई समयमै राहत नपुगे उत्पादनमा थप गिरावट आउन सक्ने किसानको भनाइ छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily