Aadarsh-Daily

पर्सा जिल्ला अदालतमा सबैभन्दा बढी मुद्दा फर्छ्यौट गर्ने न्यायाधीश घिमिरे सम्मानित

ad-4p

पर्सा जिल्ला अदालतले गत आर्थिक वर्षमा सबैभन्दा बढी मुद्दा फैसला गर्ने न्यायाधीश माधवप्रसाद घिमिरेलाई सम्मान गरेको छ। आइतबार आयोजित अघिल्लो आवको कार्य समीक्षा, चालु आवको कार्ययोजना सार्वजनिक तथा उत्कृष्ट कार्य गर्ने न्यायाधीशको सम्मान कार्यक्रममा अदालतका मुख्य न्यायाधीश दीपक खनालले दोसल्ला ओढाई घिमिरेलाई सम्मान गरेका हुन्।

content ad p2

घिमिरेले गत आर्थिक वर्षमा ९८३ मुद्दा फैसला गर्दै ८४३ मुद्दा फर्छ्यौट गर्ने लक्ष्यभन्दा बढी उपलब्धि हासिल गरेका थिए। मुख्य न्यायाधीश खनालले ९३९, नन्दकिशोरप्रसाद यादवले ७६२, प्रमेश खरेलले ६०५, उत्तम सिलवालले ६२६, आनन्दप्रसाद श्रेष्ठले ६३०, मोहन सुवेदीले ५८४, उपेन्द्र केशर खनालले ६५७, मुकुन्द आचार्यले ५३८, कमलकान्त जोशीले ५६६ र रुद्रप्रसाद सुवेदीले ५०१ मुद्दा फैसला गरेका थिए।

content left

अदालतका स्रेस्तेदार प्रभाकर कुमार मल्लिकका अनुसार गत आवमा अघिल्लो वर्षबाट सरेका ६,०९२ र नयाँ दर्ता भएका ६,५४३ गरी कूल १२,६३५ मुद्दामध्ये ५७.३३ प्रतिशत अर्थात् ७,२४४ मुद्दा फर्छ्यौट भएका थिए। लक्ष्य भने ६६ प्रतिशत थियो।

फर्छ्यौट भएका मुद्दामध्ये २६४ सम्बन्ध विच्छेद, ५३ घरेलु हिंसा, ५६ बलात्कार, ९ विद्युतीय कारोबार ऐन र ६ मानव बेचबिखनका थिए। त्यस्तै ५६० महिला, ८४ ज्येष्ठ नागरिक र ३८४ बालबालिकासम्बन्धी मुद्दा पनि समाधान भएका थिए।

न्यायाधीश नन्दकिशोर यादवका अनुसार पाँच वर्षयता अदालतको मुद्दा फर्छ्यौट दर निरन्तर वृद्धि हुँदै आएको छ। २०७७/७८ मा ४०.६ प्रतिशतबाट सुरु भएको दर २०८१/८२ मा ५७.३३ प्रतिशतमा पुगेको हो।

गत आवमा अदालतले ३,५५८ वर्ष ११ महिना ६ दिनको कैद सजायमध्ये ९५६ वर्ष ३ महिना १ दिन कार्यान्वयन गर्‍यो र १ अर्ब ३१ करोड ७९ लाख ३४ हजार ३५६ रुपैयाँ ३७ पैसाको जरिवानामध्ये ७ करोड ६४ लाख ९० हजार ११२ रुपैयाँ २० पैसा असुल गरेको छ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily