Aadarsh-Daily

धेरै बङ्गलादेशी क्रिकेटरहरू नयाँ फिटनेस परीक्षणमा असफल

ad-4p

बङ्गलादेशका थुप्रै क्रिकेटरहरू राष्ट्रिय रंगशालामा भएको नयाँ फिटनेस परीक्षणमा मापदण्ड पूरा गर्न सकेका छैनन्। १,६०० मिटर दौड र ४० मिटर स्प्रिन्टमा आधारित यस परीक्षणमा धेरै खेलाडीहरू असफल भएका छन्।

content ad p2
content left

पहिले फिटनेस मापनको लागि यो–यो वा बीप परीक्षण गरिन्थ्यो, तर नयाँ स्ट्रेन्थ र कन्डिसनिङ प्रशिक्षक नाथन केलीको नेतृत्वमा १,६०० मिटर दौड र ४० मिटर स्प्रिन्टलाई मुख्य आधार बनाइएको छ।

तीव्र गतिका बलरहरू मुस्ताफिजुर रहमान, तस्किन अहमद, तन्भीर इस्लाम र शमीम पटवारीले ८ मिनेटको आसपास दौड पूरा गरेका छन् भने नाहिद राणाले ५ मिनेट ३१ सेकेन्डमा दौड पूरा गरी सर्वश्रेष्ठ प्रदर्शन गरेका छन्।

यो फिटनेस परीक्षण घरेलु मैदानमा नेदरल्यान्ड्ससँगको तीन खेलको टी–२० शृङ्खला र त्यसपछि संयुक्त अरब इमिरेट्समा हुने एशिया कपका लागि चलिरहेको शिविरको हिस्सा हो।

सम्बन्धित खबर

पोखरिया नगरपालिकामा तलबको सकस, महिनौँदेखि कर्मचारीको हात रित्तै

Aadarsh Daily

एनपीएलमा लुम्बिनीको धमाका, सुदूरपश्चिम ७ विकेटले पराजित

Aadarsh Daily

एनपीएलको तेस्रो संस्करण आजदेखि, उपाधिका लागि आठ टोली मैदानमा उत्रिँदै

Aadarsh Daily