Aadarsh-Daily

कलैया उपमहानगर : सेनिटरी प्याड प्रकरणमा पूर्व प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनालाई सफाइ

ad-4p

बारा — विशेष अदालतले कलैया उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत स्व. प्रहलाद प्रसाद वर्णवालसहित ६ जनालाई सेनिटरी प्याड खरिद प्रकरणमा दायर भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ।

content ad p2
content left

न्यायाधीश तेज नारायण सिंह राई, राम बहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले मंगलबार सुनाएको फैसलामा, प्रतिवादीविरुद्ध पर्याप्त प्रमाण नपुगेको ठहर गर्दै सबैलाई सफाइ दिएको हो। सफाइ पाउनेमा शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर, लेखा अधिकृत दिव्या सर्राफ, सागर देवी फर्मा र सो फर्मका प्रोप्राइटर विमलेश साह रहेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा सेनिटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद नियमावली उल्लङ्घन, अस्वाभाविक मूल्य निर्धारण र एकै परिवारका फरक फर्ममार्फत बोलपत्र पेश गराई मिलेमतोमा ठेक्का दिएको आरोपमा २०८१ चैत २६ गते उनीहरूमाथि मुद्दा दायर गरेको थियो। आयोगका अनुसार, पहिलो वर्षमा प्रति प्याकेट ७८ रुपैयाँमा खरिद भएको प्याड दोस्रो वर्षमा २४ रुपैयाँमा खरिद भएको र ९६ हजार २८० प्याकेटमा ५१ लाख ९९ हजार १२० रुपैयाँ बढी भुक्तानी गरिएको दाबी गरिएको थियो।

तर, अदालतले प्रस्तुत प्रमाणले आरोप पुष्टि गर्न नसक्ने ठहर गर्दै सफाइ दिएको हो। फैसलाको समयसम्म तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वर्णवाल जीवित थिएनन्। उनको असार ४ गते हृदयघातबाट निधन भएको हो। परिवारका अनुसार, मुद्दा दायर भएपछि उनी मानसिक तनावमा परेका थिए।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily