Aadarsh-Daily

निर्माणाधीन घरको ट्याङ्कीभित्र ठेकेदार र कामदार मृत फेला

ad-4p

सुनसरी — दुहबी नगरपालिका–४ मा निर्माणाधीन घरको सेप्टिक ट्याङ्कीभित्र ठेकेदार र एक कामदार मृत फेला परेका छन्।

content ad p2
content left

मृत्यु हुनेमा दुहबी–२ का ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राई रहेका छन्। तामाङले घर निर्माणको पेटी ठेक्का लिएका थिए भने राई कामदार रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए।

आज बिहान करिब १० बजे दुहबी–४ शिव मन्दिर चोकस्थित चन्द्रिका रौनियारको निर्माणाधीन घरको ट्याङ्कीभित्र उनीहरू मृत भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो भने थप अनुसन्धान र फरेन्सिक परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily