Aadarsh-Daily

पर्सामा सरकारी अनुदानको १ सय ९१ बोरा मल बरामद, दुई घरधनी फरार

ad-4p

पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ कटेया गाउँका दुई घरमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा सरकारी अनुदानको रासायनिक मल बरामद गरेको छ।

content ad p2

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको निर्देशनमा खटिएको संयुक्त अनुगमन टोलीले बुधबार मध्यरातमा साह महमद अन्सारी र युनुस अन्सारीको घरमा छापा मार्दा १ सय ९१ बोरा मल बरामद गरेको हो।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका प्रतिनिधिहरू सहभागी थिए।

content left

प्रजिअ अर्यालका अनुसार साह महमद अन्सारीको घरबाट डिएपी ९ बोरा, पोटास १८ बोरा र फस्फोट ११४ बोरा बरामद गरिएको छ। त्यस्तै, युनुस अन्सारीको घरबाट डिएपी २७ बोरा र पोटास २३ बोरा फेला परेको हो। बरामद मल जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ।

दुवै घरधनी फरार रहेका र उनीहरूको खोजी भइरहेको प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए।

हाल पर्सामा धान बालीका लागि मलको अभाव रहेको र अनुदानको मल कालोबजारी तथा अवैध भण्डारण भइरहेको गुनासो बढेपछि प्रजिअ अर्यालले केही दिनअघि जिल्लाका मल वितरक सहकारी संस्था, स्थानीय तहका जनप्रतिनिधि र कृषि शाखा प्रमुखलाई बोलाएर वितरण प्रक्रिया सहज र पारदर्शी बनाउन निर्देशन दिएका थिए।

सोही निर्देशनअनुसार बुधबार राति गरिएको अनुगमनमा कटेया गाउँका दुई घरबाट ठूलो परिमाणमा अनुदानको मल बरामद भएको हो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily