Aadarsh-Daily

मधेश प्रदेशमा करेन्ट लागेर तीन वर्षमा ३२४ जनाको मृत्यु

ad-4p

मधेश प्रदेशमा विद्युत सुरक्षा अपनाउन असावधानीका कारण करेन्ट लागेर मृत्यु हुनेको संख्या लगातार बढ्दै गएको छ। तथ्याङ्कअनुसार अधिकांश मृतक किसान रहेका छन्। विशेषगरी धान खेतीको समयमा पानी अभाव हुँदा बोरिङ, नहर, कुलो, पोखरी र नदीमा पानी तान्न प्रयोग हुने विद्युतीय मोटरमा असावधानीका कारण धेरै ज्यान गुमाएका छन्।

content ad p2

साउन महिनामा मात्रै विभिन्न जिल्लामा कम्तीमा १५ जना करेन्ट लागेर मृत्यु भएका छन्। धनुषामा तेजनगर बस्ने ४५ वर्षीय शिवजी मण्डल, सप्तरीको कटैयाका ४२ वर्षीय शम्भुकुमार इसर, रौतहटका ५५ वर्षीय शेख जफिर, धनुषाका ६० वर्षीय असर्फी महरालगायतको खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर ज्यान गएको छ।

content left

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार पछिल्ला तीन वर्षमा प्रदेशभर ३२४ जनाको करेन्ट लागेर मृत्यु भएको छ। गत आर्थिक वर्षमा मात्रै ११९ जनाको मृत्यु भएको तथ्याङ्क छ।

नेपाल विद्युत प्राधिकरणका अनुसार करेन्ट लाग्नुमा असावधानी, लापरबाही र पोलमा अर्थिङ नजोड्नु मुख्य कारण हो।

विद्युत दुर्घटनाबाट बच्न सुरक्षित तार र उपकरण प्रयोग, घरमा अर्थिङ र आरसिबी/एमसिबी जडान, पानी नजिक करेन्ट नचलाउने, भिजेको हातले स्विच नछुने र बालबालिकालाई सचेत गराउने आवश्यकता रहेको विज्ञहरूले बताउँछन्।

यदि करेन्ट लागेमा प्रत्यक्ष नछुने, बाँस, काठ वा प्लास्टिक प्रयोग गरेर छुट्याउने र घाइते भएमा तुरुन्त अस्पताल लैजाने व्यवस्था गर्नुपर्छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily