Aadarsh-Daily

सिराहामा किशोर प्रेमविवाह विवादमा पाँच घाइते

ad-4p

सिराहाको विष्णुपुर गाउँपालिका–५, लक्ष्मीपुरमा उमेर नपुगी प्रेमविवाह गरेको भनिएका किशोरकिशोरी पक्षबीच सोमबार दिउँसो दोहोरो झडप हुँदा पाँचजनाको घाइते भएको छ।

content ad p2
content left

घाइते हुनेमा प्रेमविवाह गरेकी किशोरीसहित उनकी दिदी र किशोर पक्षबाट अविरन महतो, उनका छोराहरू जीवन र दिपन रहेका छन्। घाइते सबैलाई सिराहा प्रादेशिक अस्पतालमा प्राथमिक उपचार दिइएको भए पनि अवस्था गम्भीर रहेकी किशोरीलाई थप उपचारका लागि विराटनगर लगिएको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार, उमेर नपुगी प्रेमविवाह गरेका भनिएका दुवैजनालाई आइतबार अभिभावकको सहमतिमा प्रहरीमार्फत आफ्ना घरमा फिर्ता गर्ने निर्णय भएको थियो। तर सोमबार केटी पक्षले विवाह भइसकेको भन्दै घर भित्र्याउनुपर्छ भनी केटा पक्षको घर पुगेपछि झडप भएको हो।

प्रहरीले घटनास्थलमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily