Aadarsh-Daily

गाजामा युद्धविराम र इजरायली बन्धक रिहाइमा हमास सहमत

ad-4p

गाजामा युद्धविराम र इजरायली बन्धक रिहाइका सम्बन्धमा प्यालेस्टिनी विद्रोही समूह हमास सहमत भएको छ। बीबीसीले एक स्रोतलाई उद्धृत गर्दै जनाएको छ कि हमासले क्षेत्रीय मध्यस्थकर्ताहरूको नयाँ प्रस्ताव स्वीकार गरेको हो।

content ad p2
content left

नयाँ प्रस्ताव अमेरिकी राजदूत स्टिभ विटकफको पहलमा इजिप्ट र इजरायलले अघि सारेका थिए। प्रस्ताव अनुसार, हमासले बाँकी रहेका ५० जना इजरायली बन्धकमध्ये आधा जतिलाई ६० दिने युद्धविराम अवधिमा दुई चरणमा रिहा गर्नेछ।

हाल हमाससँग रहेका बाँकी इजरायली बन्धकमध्ये करिब २० जनालाई जीवित मानिएको छ। यसपछि स्थायी युद्धविरामका लागि वार्ता अघि बढ्ने अपेक्षा गरिएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्रस्तावबारे प्रत्यक्ष सम्बोधन नगरे पनि प्यालेस्टिनी समूहले ठूलो दबावमा रहेको टिप्पणी गरेका छन्। गत हप्ता नेतन्याहुले सबै बन्धकहरू एकैचोटि रिहा गर्नुपर्ने बताउँदै कुनै सम्झौता स्वीकार गर्ने चेतावनी दिएका थिए।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily