Aadarsh-Daily

वीरगन्जका पूर्वमेयर सुवेदी राप्रपामा प्रवेश

ad-4p

वीरगन्ज महानगरपालिकाका पूर्वमेयर प्रदीप सुवेदी राप्रपामा प्रवेश गरेका छन् । राप्रपाका कार्यसम्पादन समिति सदस्य, सांसद दीपकबहादुर सिंहले वीरगन्जमा आयोजित विस्तारित बैठकका क्रममा सुवेदीलाई पार्टीको सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका हुन् ।

content ad p2

लामो समय तत्कालीन राप्रपा नेपालमा सक्रिय सुवेदी पछिल्लो समय पार्टीगत रूपमा निष्क्रिय रहँदै आएका थिए । केन्द्रीय पर्यवेक्षकका रूपमा पर्सामा खटिएका नेता सिंहले वीरगन्जमा आयोजित जिल्लाको विस्तारित बैठकका क्रममा सुवेदीलाई पार्टी प्रवेश गराएका हुन् ।

content left

पार्टी प्रवेशपछि सुवेदीले हिन्दुराष्ट्र र राजसंस्था पुनः स्थापना र देशको विद्यमान अवस्थामा परिवर्तन गर्न राप्रपालाई बलियो बनाउनुपर्ने बताए । उनले राप्रपालाई बलियो बनाउन समान विचार भएकाहरु सङ्गठित हुनुपर्ने आवश्यकता बोध गर्दै आफू राप्रपामा समाहित भएको समेत बताए ।

‘छिन्नभिन्न भएका देशभक्त राष्ट्रवादीहरू अलग अलग भएर हुँदैन, राप्रपालाई सबल, सक्षम र अग्रणी शक्तिको रूपमा स्थापित गर्नुपर्छ’ सुवेदीले भने ।

विस्तारित बैठकले पर्साका सबै स्थानीय तहमा पार्टीको संरचना विस्तार गर्ने, कमिटी नभएका ठाउँमा कमिटी बनाउने, निष्क्रिय रहेका कमिटीलाई सक्रिय तुल्याउने र समयमै स्थानीय तह, प्रदेशसभा समिति, क्षेत्रीय समिति र जिल्लाको अधिवेशन गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष सुमेश्वरनाथ उपाध्यायले जानकारी दिएका छन् ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily