Aadarsh-Daily

रौतहटमा साथीले छुरा प्रहार गर्दा एक युवकको मृत्यु

ad-4p

रौतहटको गौर नगरपालिका–५ स्थित गौरीशंकर क्याम्पस नजिक बुधबार दिउँसो भएको छुरा प्रहार घटनामा एक युवकको मृत्यु भएको छ।

content ad p2
content left

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौर नगरपालिका–३ निवासी २० वर्षीय सनोज रामले आफ्नै साथीलाई छुरा प्रहार गरेका हुन्। छुरा प्रहारबाट गम्भीर घाइते भएका युवकलाई उपचारका लागि अस्पताल लगिएको थियो तर उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

हाल मृतक युवकको पहिचान खुल्न बाँकी छ। प्रहरी नायव उपरीक्षक (डिएसपी) राजु कार्कीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको र पक्राउ परेका सनोज राममाथि कानूनी प्रक्रिया अघि बढाइएको जानकारी दिए।

प्रहरीले घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान जारी राखेको छ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily