Aadarsh-Daily

पर्सामा ५४ किलोभन्दा बढी चरेस बरामद

ad-4p

पर्साको पटेर्वा सुगौली गाउँपालिका–५ देउरिया स्थित धान खेतबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेस बरामद गरेको छ।

content ad p2
content left

बिशेष सूचनाको आधारमा प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको ११ जनाको टोलीले शुक्रबार दिउँसो करिब ४ बजे संकास्पद घर र क्षेत्र चेकजाँच गर्ने क्रममा खेतमा लुकाइ राखिएको अवस्थामा चरेस फेला पारेको हो।

प्रहरीका अनुसार बरामद गरिएको चरेस ४६ वर्षीय रामायण चौधरीको धान खेतमा भेटिएको हो। बरामद चरेसको तौल ५४ किलो ४०० ग्राम रहेको जनाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily