
पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित मुर्ली टोलमा हैजा (कोलेरा) फैलिएको पुष्टि भएको छ। हालसम्म उपचाररत ३० जनामध्ये १६ वर्षीय बालकसहित ३ जनामा हैजा देखिएको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ। बालकको अवस्था गम्भीर रहेको बताइएको छ।

दैनिक करिब १० जना बिरामी आउन थालेको भन्दै तराई अस्पतालका डा. रोशन कुर्मीले समयमै नियन्त्रण गर्न नसकिए स्थिति भयावह हुन सक्ने चेतावनी दिएका छन्।
स्वास्थ्य कार्यालयले प्रभावित क्षेत्रका खानेपानीको नमूना संकलन गरी परीक्षणको तयारी गरेको छ भने सचेतनामूलक कार्यक्रम पनि सुरु गरेको छ।
हैजा रोकथामका लागि निर्मल पानी पिउन, पकाएर मात्र खानेकुरा खान, नियमित साबुनपानीले हात धुन र सफा शौचालय प्रयोग गर्न आग्रह गरिएको छ।

