Aadarsh-Daily

सर्वोच्चको व्याख्या : बाबु–आमा र सौतेनी आमाले कमाएको सम्पत्तिमा छोरासरह हक हुन्छ

ad-4p

सर्वोच्च अदालतले बाबु–आमा र सौतेनी आमाले कमाएको सम्पत्तिमा छोरासरह समान हक लाग्ने व्याख्या गरेको छ। न्यायाधीश नहकुल सुवेदी, टेकप्रसाद ढुङ्गाना र बालकृष्ण ढकालको पूर्ण इजलासले सौतेनी आमा र अर्कोतर्फ जन्मेको छोराको हकबारे विस्तृत व्याख्या गरेको हो।

content ad p2
content left

सर्वोच्च अदालतले हालै सार्वजनिक गरेको २०८१ साल चैतको फैसलाको पूर्ण पाठमा भनिएको छ कि अङ्शबन्डाको प्रयोजनका लागि आमा वा छोराछोरीलाई र सौतेनी आमा वा सौतेनी छोराछोरीलाई समान अर्थमा लिनुपर्नेछ।

फैसलामा उल्लेख छ कि बाबुआमाले जुनसुकै स्रोतबाट प्राप्त गरेको सम्पत्ति छोराछोरीको लागि पैतृक सरह हुने छ भने सौतेनी आमाले बकस, दाइजो वा अन्य माध्यमबाट प्राप्त गरेको सम्पत्ति पनि आफ्ना छोराछोरीको लागि पैतृक सरह हुने छ।

सर्वोच्चले यसैगरी स्पष्ट पार्दै अङ्शधन अन्तर्गतको सम्पत्ति केवल आफ्नो मूल छोरालाई मात्र पैतृक सरह हुने र सौतेनी छोराको हकमा नपर्ने व्याख्या न्यायोचित र कानूनी व्यवस्थासँग मेल नखाने भएकाले संशोधन आवश्यक रहेको उल्लेख गरेको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily