Aadarsh-Daily

साउनमा १ खर्ब ६६ अर्बको वैदेशिक व्यापार, १ खर्ब १९ अर्ब घाटा

ad-4p

चालू आर्थिक वर्षको पहिलो महिना साउनमा देशको वैदेशिक व्यापार १ खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख रुपैयाँ पुगेको भन्सार विभागले जनाएको छ ।

content ad p2

विभागका अनुसार साउनमा १ खर्ब ४३ अर्ब ४ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा २३ अर्ब ९३ करोड २४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यस अवधिमा देशले १ खर्ब १९ अर्ब १० करोड ८२ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोर्नुपरेको छ ।

content left

गत आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा आयात ११ दशमलव ४२ प्रतिशतले र निर्यात ९५ दशमलव ७५ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ ।

साउनमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात गरिएको छ । तथ्याङ्कअनुसार, ५ अर्ब ७७ करोड १४ लाख रुपैयाँको पेट्रोल, ५ अर्ब ८८ करोड ७७ लाख रुपैयाँको डिजेल र ४ अर्ब ६६ करोड ६४ लाख रुपैयाँ बराबरको एलपी ग्यास आयात गरिएको छ ।

निर्याततर्फ भटमासको तेल पहिलो स्थानमा रहेको छ । साउन महिनामा मात्रै १० अर्ब ६९ करोड ५८ लाख रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको विभागले जनाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily