Aadarsh-Daily

बारामा सवारी दुर्घटनामा युवकको मृत्यु, आक्रोशित स्थानीयद्वारा टायर बाल्दै प्रदर्शन

ad-4p

बारामा आइतबार राति भएको सवारी दुर्घटनामा एक मोटरसाइकल चालकको ज्यान गएको छ।

content ad p2
content left

कलैया उपमहानगरपालिका–२३ सिसहनिया चौकमा कलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको बा ५९ प ४०५३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज १९४१ नम्बरको टाटा सुमो एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक उपेन्द्र राउत कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

दुर्घटनापछि आक्रोशित स्थानीयले बैराठपुर चौकमा टायर बाल्दै प्रदर्शन गरेका छन्। उनीहरूले दुर्घटनाका कारण सडक सुरक्षाप्रति प्रश्न उठाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily