Aadarsh-Daily

अमेरिकाले भारतमाथि लगाएको उच्च भन्सार कर विरुद्ध अमेरिकाभित्रै विरोध

ad-4p

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि ५० प्रतिशत भन्सार कर लगाउने घोषणा गरेसँगै दुई देशबीचको सम्बन्ध चिसिएको छ । अमेरिका भित्रै भारतविरुद्ध ट्रम्पको नीतिप्रति असन्तुष्टि र चिन्ता व्यक्त भइरहेको बीबीसीले जनाएको छ ।

content ad p2

अमेरिकन रिपब्लिकन नेतृ निक्की हेलीले अमेरिकाले चीनलाई सन्तुलनमा राख्न भारत जस्तो मित्र राष्ट्रसँग सम्बन्ध बिगार्न नहुने तर्क गर्नुभएको छ । व्यापार र तेलसम्बन्धी विवाद गम्भीर भए पनि साझा लक्ष्य चीनविरुद्धको रणनीति भएको उहाँको टिप्पणी छ ।

content left

पूर्व अमेरिकी विदेशमन्त्री जोन केरीले ट्रम्पले आफ्ना नयाँ कर नीतिबाट मित्र राष्ट्रलाई टाढा पार्ने काम गरिरहेको आरोप लगाउनुभएको छ । भारतसँगको तनाव दुर्भाग्यपूर्ण भन्दै उहाँले यसले गएको २५ वर्षको मेहनतलाई खतरामा पार्ने बताउनुभयो ।

अमेरिकी मिडियाले पनि ट्रम्पको नीतिलाई कडा आलोचना गरेको छ । विश्लेषकहरूले अब भारतले आफ्नो कूटनीति सम्बन्ध परिवर्तन गर्नुपर्ने भन्दै चीन र रूससँगको सम्बन्ध फेरि सन्तुलनमा ल्याउनुपर्ने आवश्यकता देखिएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि पहिलो पटक अगस्ट ७ मा २५ प्रतिशत र दोस्रो पटक अगस्टमा २७ मा २५ प्रतिशत गरी कुल ५० प्रतिशत भन्सार कर घोषणा गर्नुभएको छ । भारतले रूसबाट तेलको आयात गरिरहेको भन्दै अमेरिकाले भन्सार कर बढाएको हो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily