Aadarsh-Daily

वीरगञ्जमा हैजा सङ्क्रमितको संख्या ९३ पुग्यो

ad-4p

वीरगञ्जमा हैजाबाट सङ्क्रमित हुनेको संख्या अहिलेसम्म ९३ पुगेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ।

content ad p2
content left

स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार, विभिन्न अस्पतालमा झाडापखाला र हैजाका १ सय ६६ जना बिरामी उपचाररत छन् भने केही बिरामी उपचारपछि घर फर्किसकेका छन्।

गत अस्ति बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो। अहिलेसम्म अस्पतालमा भर्ना भएका झाडापखाला र हैजाका बिरामीको कुल संख्या ३४४ रहेको छ। यसमध्ये २७ जना आईसीयूमा, ६ जना एचडीसीयूमा र १२२ जनाको जनरल वार्डमा उपचार भइरहेको छ।

वीरगञ्ज महानगरपालिकासहित तीनै तहका सरकारहरूले महामारी रोकथाम र नियन्त्रणका लागि सक्रिय प्रयास गरिरहेका छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily