Aadarsh-Daily

वीरगञ्जमा हैजाको संक्रमण दर घट्दै : तर नमुना परीक्षणमा ८०% पोजिटिभ

ad-4p

काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले वीरगञ्जमा उपचाररत बिरामीहरूको स्टुल (दिसा) नमुना परीक्षण गर्दा हैजाको सङ्क्रमण पुष्टि भएको छ।

content ad p2

प्रयोगशालाका प्रमुख डा. रञ्जन भट्टका अनुसार १० नमुनामध्ये ८ मा हैजा देखिएको छ भने बाँकी दुई नमुनाको प्रतिवेदन बुधबार आउनेछ। उनले भने, “सब-कल्चर प्रक्रियाबाट पुष्टि भएको हो। बाँकी दुई नमुनामा पनि सम्भवतः पोजिटिभ नै आउला।”

content left

यो परीक्षण वीरगञ्जका विभिन्न अस्पतालबाट सङ्कलित नमुनामा गरिएको हो। ८० प्रतिशतभन्दा बढीमा सङ्क्रमण देखिनुले समुदायमै हैजा फैलिरहेको स्पष्ट सङ्केत गरेको डा. भट्टले बताए।

यसअघि गत शुक्रबार राति वीरगञ्जको तराई अस्पतालमा हैजाका शङ्कास्पद बिरामी देखिएपछि स्वास्थ्य कार्यालय पर्साले ३० जनाको आरडीटी किटबाट परीक्षण गर्दा ३ जनामा हैजा पुष्टि भएको थियो। हालसम्म वीरगञ्जमा ९५ जनामा हैजाको सङ्क्रमण पुष्टि भइसकेको छ।

यद्यपि पछिल्लो दिनमा नयाँ सङ्क्रमणको दर केही घटेको देखिएको छ। सोमबार रातिदेखि मंगलबार दिउँसोसम्म जम्मा २ नयाँ हैजा सङ्क्रमित भेटिएका छन् भने झाडापखालाका ६२ जना बिरामी विभिन्न अस्पतालमा भर्ना भएका छन्। अर्कोतर्फ १७१ जना उपचारपछि डिस्चार्ज भएर घर फर्किसकेका छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily