Aadarsh-Daily

सात दिनभित्र देश छाड्न इरानी राजदूतलाई अस्ट्रेलियाको आदेश

ad-4p

अस्ट्रेलियाले इरानका राजदूतलाई सात दिन भित्र अष्ट्रेलिया छोड्न आदेश दिएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनीजले इरानले सिड्नी र मेलबर्नमा यहूदी–विरोधी आक्रमणलाई पूरा गर्न निर्देशन दिएको आरोप लगाउँदै राजदूतलाई देश छाड्न आदेश दिनुभएको बीबीसीले जनाएको छ ।

content ad p2
content left

अस्ट्रेलियाका लागि इरानी राजदूत अहमद सादगी र अरू तीन अधिकारीलाई सात दिनभित्र अस्ट्रेलिया छाड्न आदेश दिइएको छ । बाहिरी देशका तर्फबाट अस्ट्रेलियाको भूमिमा असाधारण र खतरनाक आक्रमण भएको अष्ट्रेलियाको आरोप छ ।

गएको वर्षको अक्टोबर २० मा सिड्नी र डिसेम्बर ६ तारिखमा मेर्लबर्नमा भएको आक्रमणमा इरानको संलग्नता रहेको अस्ट्रेलियाको सुरक्षा गुप्तचर सङ्गठनले दाबी गरेको छ । इरानले भने आरोप अस्वीकार गरेको छ । दोस्रो विश्वयुद्ध पछि अस्ट्रेलियाले कुनै पनि देशका राजदूतलाई निष्कासन गरेको यो पहिलो पटक रहेको बीबीसीले जनाएको छ । अस्ट्रेलियाले आफ्ना नागरिकलाई इरानको यात्रा नगर्न आग्रह गरेको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily