Aadarsh-Daily

वीरगञ्जमा हैजा प्रकोप बढ्दै : सङ्क्रमितको संख्या १ सय १५ पुग्यो

ad-4p

पर्साको वीरगञ्ज महानगरपालिकामा हैजा सङ्क्रमितको सङ्ख्या लगातार बढ्दै गएको छ। जिल्ला स्वास्थ्य कार्यालय पर्साले आज बिहान ११ बजे सार्वजनिक गरेको विवरणअनुसार, हालसम्म १ सय १५ जनामा हैजा पुष्टि भएको छ।

content ad p2
content left

हिजो बेलुका ६ बजेपछि थप १ नयाँ केस पाइएको छ। वीरगञ्जमा शुक्रबारदेखि झाडापखालाको उपचारका लागि ४ सय ९३ जना बिरामी अस्पताल भर्ना भएका थिए, जसमा १ सय १५ जनामा हैजा पुष्टि भएको हो।

सङ्क्रमितमध्ये ३९ जनालाई उपचारपछि डिस्चार्ज गरिसकिएको छ भने ७६ जना विभिन्न अस्पतालमा उपचाररत छन्। स्वास्थ्य कार्यालयका अनुसार, हैजा सङ्क्रमितसहित झाडापखालाका २ सय ६६ जना उपचाररत छन्।

जिल्ला स्वास्थ्य कार्यालयले स्थानीयवासीहरूलाई सरसफाई, पिउने पानीको शुद्धीकरण र व्यक्तिगत स्वच्छतामा विशेष ध्यान दिन आग्रह गरेको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily