Aadarsh-Daily

देशभर ऋषि पञ्चमी पर्व, सप्तऋषिको पूजा गरी नारीहरूले मनाउँदै

ad-4p

आज भाद्र शुक्ल पञ्चमीका दिन हिन्दू नारीहरूले ऋषि पञ्चमी पर्व श्रद्धा–भक्तिसाथ मनाउँदैछन्। यस दिन अरुन्धतीसहित सप्तऋषि– अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा–आराधना गर्ने परम्परा छ।

content ad p2

धार्मिक विश्वासअनुसार, महिलाले आज बिहानै नजिकैका नदी, पोखरी, तलाउ वा धारामा गएर ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाएर स्नान गर्ने गर्छन्। यसरी स्नान गरी पञ्चगव्य सेवन गरेपछि सप्तऋषिको पूजा आराधना गर्दा रजस्वलाको समयमा हुने त्रुटिबाट मुक्ति पाइने धार्मिक मान्यता छ।

content left

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार रजस्वलाको पहिलो दिन महिलालाई चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध भएको मानिन्छ। त्यसैले ऋषि पञ्चमीको दिन विशेष पूजा गरेर दोष निवारण गर्ने परम्परा रहेको छ।

ऋषि पञ्चमीसँग सम्बन्धित एक किंवदन्ती पनि प्रचलित छ। पौराणिक कथाअनुसार, इन्द्रले विश्वरुपको शिर छिन्नुका कारण ब्रह्महत्या गरेको दोष भोग्नुपर्‍यो। ब्रह्माले दोषलाई चार भागमा विभाजन गरी पृथ्वी, वृक्ष, जल र स्त्रीमा लगाइदिए। त्यसैको परिणामस्वरूप उषरभूमि, रूखको खोटो, पानीको फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक मान्यता छ। यसैकारण सप्तऋषिको पूजा गर्नाले महिलामा हुने अशुद्धता र रोगजन्य समस्या निवारण हुने विश्वास गरिएको छ।

आजको व्रतविधिमा स्नानपश्चात सामा, कागुनो, कन्दमूल, कर्कला आदि खाद्यपदार्थ खाई एक छाक हविष्य बस्ने चलन छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily