Aadarsh-Daily

नेपाल हुँदै बिहार प्रवेश गरेका तीन आतङ्ककारीबारे भारतमा उच्च सतर्कता

ad-4p

पाकिस्तानको प्रतिबन्धित आतङ्कवादी संगठन जैश–ए–मोहम्मदका तीन जना सदस्य नेपाल हुँदै भारतको बिहार प्रवेश गरेको सूचनापछि भारतीय सुरक्षा निकाय सतर्क बनेका छन्।

content ad p2
content left

भारतीय सञ्चारमाध्यम एनडीटीभीका अनुसार, प्रवेश गर्ने तीन जनाको पहिचान रावलपिण्डीका हसनैन अली, उमरकोटका आदिल हुसेन र बहावलपुरका मोहम्मद उस्मानका रूपमा गरिएको छ। उनीहरू तीनै जना पाकिस्तानका नागरिक भएको प्रहरीले जनाएको छ।

बिहार प्रहरीले तीन जनाको स्केच सार्वजनिक गरेको छ। प्रहरीका अनुसार, ती आतङ्ककारीहरू अगस्टको दोस्रो सातामा काठमाडौं आइपुगेका र गत हप्तामै बिहार प्रवेश गरेका हुन्। उनीहरूको राहदानी विवरण सीमावर्ती जिल्लाका अधिकारीहरूलाई पनि उपलब्ध गराइएको छ।

यस घटनापछि बिहारमा सुरक्षा सतर्कता बढाइएको छ। विशेषगरी, यस वर्षको अन्त्यमा हुने विधानसभा चुनावलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्थालाई अझ कडा पारिएको बताइएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily