Aadarsh-Daily

हैजाबारे जानकारी लिन वीरगञ्जमा मन्त्री चौरसियाको आकस्मिक भिजिट

ad-4p

नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया वीरगञ्ज आइपुगेका छन् । उनले नारायणी अस्पताल, हेल्थ केयर र तराई अस्पतालमा भर्ना हैजाका बिरामीहरूको स्वास्थ्य अवस्था अवलोकन गरेका छन् ।

content ad p2
content left

मन्त्री चौरसियाले अस्पताल निरीक्षणका क्रममा डाक्टरसँग उपचार प्रक्रियाबारे जानकारी लिएका साथै बिरामी र उनका परिवारसँग प्रत्यक्ष कुराकानी गरेका थिए । उनले संक्रमितलाई शीघ्र स्वास्थ्य लाभको शुभकामना व्यक्त गर्दै आवश्यक उपचारमा कुनै कमी–कसर हुन नदिने प्रतिबद्धता जनाए ।

वीरगञ्ज क्षेत्रमा पछिल्ला दिनमा हैजाको प्रकोप तीव्र बनेपछि संघीय मन्त्री स्वयं संक्रमितको अवस्था बुझ्न अस्पताल पुगेका हुन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily