Aadarsh-Daily

वीरगन्जको शिद्धार्थ माध्यमिक विद्यालयमा प्रधानाध्यापकमाथि आर्थिक शोषणको आरोप

ad-4p

वीरगन्जस्थित शिद्धार्थ माध्यमिक विद्यालयका प्रधानाध्यापक बिनोद मेहतामाथि गम्भीर आर्थिक अनियमितताको आरोप लागेको छ। सो आरोप सार्वजनिक गर्दै वडा अध्यक्ष महबुब एलाही अंसारीले विद्यालय र शैक्षिक प्रणालीमा मौलाएको भ्रष्टाचारको पर्दाफाश गरेका छन्।

content ad p2

अंसारीका अनुसार, आठ महिना अघि नियुक्त प्रधानाध्यापक मेहताले विद्यालयको लेखा प्रणाली र आर्थीक शाखालाई कानुनी प्रक्रिया बाइपास गर्दै विद्यालय परिसरबाहिर ‘प्रियांसी पुस्तक एण्ड स्टेशनरी’ नामक पसलमार्फत विद्यार्थीहरूबाट ठेक्के शैलीमा रकम असुल गर्दै आएका छन्। उनले दाबी गरे कि विद्यार्थीहरूबाट प्रतिव्यक्ति ६–७ हजार रुपैयाँ असुल हुने र त्यस रकम विद्यालयको आधिकारिक खातामा नजाने गरेको छ।

content left

वडा अध्यक्ष अंसारीले बारम्बार वीरगन्ज महानगरपालिकाको शिक्षा शाखा र प्रमुख राजेशमान सिंहलाई जानकारी गराए पनि कुनै कारबाही नभएको र आफूलाई नै अपमानजनक व्यवहारमा समावेश गरिएको आरोप लगाए।

अंसारीले भने, “शैक्षिक संस्था नै आर्थीक शोषणको अखाडा बनाइएको छ। यस्तो काण्ड महानगरका उच्च तहसम्मको मिलेमतोबिना सम्भव छैन। तलदेखि माथिसम्म सबैले हिस्सा खान्छन् भन्ने प्रष्ट देखिन्छ।”

उनले थपे कि वीरगन्जको शिक्षा क्षेत्रमा माफियागिरी व्यापक भएको र खुलेआम चलिरहेको गैरकानुनी असुलीमा जिम्मेवार निकायले आँखा चिम्लिरहेको अवस्था शंकास्पद छ। “महानगरपालिकाले शिक्षामा आमूल सुधार गरेको दाबी गरे पनि व्यवहारमा शिक्षा क्षेत्र आर्थिक चलखेलको केन्द्र बनेको छ। यसमा विद्यार्थी र अभिभावक दुवै ठगिएका छन्,” उनले भने।

विद्यालय र शिक्षा क्षेत्रमा भइरहेको यस्तो असमानताप्रति राज्यको मौनता भने प्रश्न उठाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily