Aadarsh-Daily

पृथ्वीको वायुमण्डलमा अक्सिजन कसरी बढ्यो भन्नेबारे नयाँ तथ्य सार्वजनिक

ad-4p

पृथ्वीको वायुमण्डलमा झन्डै साढे २ अर्ब वर्षअघि अक्सिजन कसरी वृद्धि भयो भन्नेबारे वैज्ञानिकहरूले नयाँ जानकारी सार्वजनिक गरेका छन्।

content ad p2

अष्ट्रेलियाको वेस्टर्न अस्ट्रेलिया विश्वविद्यालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार अन्तर्राष्ट्रिय अनुसन्धान टोलीले प्राचीन सल्फेट खनिजमा संरक्षित उच्च–रेजुलेसन अक्सिजन आइसोटोपको विश्लेषणमार्फत यो तथ्य पत्ता लगाएको हो।

content left

अनुसन्धानले वायुमण्डलीय अक्सिजन वृद्धि महासागरहरूको गतिशीलतासँग गहिरो सम्बन्ध रहेको देखाएको छ। टोलीले वायुमण्डलमा अक्सिजन वृद्धिका तीन प्रमुख चरणहरूको प्रमाण भेटेको जनाएको छ।

यसअनुसार करिब २ अर्ब ५० करोडदेखि १ अर्ब ६० करोड वर्षअघिसम्म पेलियोप्रोटेरोजोइक, १ अर्बदेखि ५३ करोड ८८ लाख वर्षअघिसम्म नियोप्रोटेरोजोइक र ५३ करोड ८८ लाखदेखि २५ करोड २० लाख वर्षअघिसम्म पेलियोजोइक कालखण्डमा अक्सिजन वृद्धि भएको पुष्टि भएको हो।

विज्ञहरूका अनुसार यो निष्कर्षले पृथ्वीमा जीवनको उत्पत्ति र विकासका साथै खनिज भण्डार तथा पेट्रोलियम स्रोतहरूको निर्माणलाई बुझ्न महत्त्वपूर्ण आधार दिनेछ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily