Aadarsh-Daily

कांग्रेस महामन्त्री गगन थापा नारायणी अस्पतालमा हैजा प्रभावितसँग भेट

ad-4p

नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले नारायणी अस्पताल पुगेर हैजा सङ्क्रमित बिरामीहरूको स्वास्थ्य अवस्था बुझेका छन्। शुक्रबार बिहान अस्पताल पुगेर उनले इमरजेन्सी वार्डमा उपचाररत बिरामीहरूसँग भेटघाट गरेका हुन्।

content ad p2
content left

भेटका क्रममा महामन्त्री थापाले बिरामीहरूलाई सरकारले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै उनले हैजाको प्रकोप नियन्त्रणका लागि सरकारले तत्काल राहत प्याकेज घोषणा गर्न जरुरी रहेको औँल्याए।

अस्पताल विकास समितिका अध्यक्ष धीरज गुप्ताका अनुसार थापाले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी हैजाको भ्याक्सिन उपलब्ध गराउने आश्वासन दिएका छन्। त्यस्तै, नारायणी अस्पताललाई ५ सय शय्यामा स्तरोन्नति गर्न पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्कअनुसार हालसम्म पर्सा जिल्लामा १५२ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily