Aadarsh-Daily

चीन भ्रमणमा लिपुलेकबारे कुरा उठाउन प्रधानमन्त्री ओलीलाई मेयर बालेनको आग्रह

ad-4p

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनको भ्रमणमा लिपुलेकबारे कुरा उठाउन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओली आज बिहान चीन प्रस्थान गरेपछि सामाजिक सञ्जालमा मेयर शाहले शुभकामनासहित भ्रमणका क्रममा लिपुलेक नेपालको हो भन्ने विषय चीनलाई सम्झाउन आग्रह गर्नुभएको हो ।

content ad p2
content left

‘नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथि अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला,’ मेयर शाहले लेख्नुभएको छ ।

प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीन जानुभएको छ । भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै व्यापार शुरु गर्ने हालै सहमति गरेको अवस्थामा ओलीको यो चीन भ्रमणलाई महत्त्वका साथ हेरिएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily