Aadarsh-Daily

ट्रम्पले लगाएको कतिपय ट्यारिफ अवैध भएको अमेरिकी अदालतको फैसला

ad-4p

अमेरिकाको एउटा पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको कतिपय ट्यारिफ वा अन्य देशका आयातमा लगाइएको शुल्क अवैध भएको फैसला सुनाएको छ ।

content ad p2

फैसलाले ट्रम्पले ‘पारस्परिक ट्यारिफ’ भनेर विश्वभरका धेरैजसो देशमा लगाएका शुल्कका साथै चीन, मेक्सिको र क्यानडामा लगाएका अन्य ट्यारिफलाई समेट्छ । तर यो फैसलाले स्टील र अल्युमिनियमको आयातमा लगाइएका अन्य ट्यारिफलाई छुँदैन किनभने ती ट्यारिफ राष्ट्रपतिको भिन्नै अधिकारअन्तर्गत लगाइएका थिए ।

content left

साना व्यवसायी तथा अमेरिकी राज्यहरूको समूहले दायर गरेको दुईवटा मुद्दाको सुनुवाइका क्रममा पछिल्लो फैसला आएको हो । अमेरिकाको कोर्ट अफ अपिल्स फर द फेडरल सर्किटले बहुमत न्यायाधीशको निर्णयमा राष्ट्रपति ट्रम्पले आपत्कालीन आर्थिक अधिकारसम्बन्धी कानूनले आफूलाई ट्यारिफ लगाउन अनुमति दिएको भनेर गरेको तर्कलाई अमान्य भनिदिएको छ ।

अदालतले ट्यारिफ लगाउने कार्य राष्ट्रपतिको कार्यादेश अन्तर्गत नपर्ने भन्दै शुल्क तोक्ने विषय अमेरिकी कङ्ग्रेस अर्थात् संसदको मूल अधिकार क्षेत्रमा पर्ने भनेको छ । ट्रम्प प्रशासनलाई फैसलाविरुद्ध सर्वोच्च अदालतमा जान समय दिनका लागि यो फैसला आउँदो अक्टोबर १४ तारिखसम्म लागू नहुने बीबीसीले जनाएको छ ।

अदालतको फैसलालाई लिएर राष्ट्रपति ट्रम्पले चर्को आलोचना गर्नुभएको छ । उहाँले ट्रुथ सोसलमा यदि यो फैसलालाई यत्तिकै रहन दिने हो भने यसले अमेरिकालाई हानी पुर्‍याउने बताउनुभएको छ ।

सम्बन्धित खबर

रिमा यादवलाई जिताउन वीरगञ्जको कुहडीमा एमालेको अगुवा भेला सम्पन्न,

Aadarsh Daily

कृषक र युवासँग संवाद गर्दै कानु, पर्सागढी–३ मा घरदैलो सम्पन्न

Aadarsh Daily

वीरगञ्ज खानेपानी संकट २४ घण्टामै समाधान गरेको दाबी गर्दै प्रदीप यादवले दोहोर्‍याए जनताको बिचमै रहने प्रतिबद्धता

Aadarsh Daily