Aadarsh-Daily

रोहित पौडेलका अविजित शतकमा नेपालको साउथ अष्ट्रेलियामाथि रोमाञ्चक जित

ad-4p

कप्तान रोहित पौडेलको अविजित शतकको मद्दतमा नेपालले अष्ट्रेलियाको साउथ अष्ट्रेलिया (एसए) क्लबविरुद्धको अभ्यास एकदिवसीय खेल जितेको छ।

content ad p2

शनिबार भएको खेलमा २४३ रनको लक्ष्य पछ्याएको नेपालले ४४.१ ओभरमा ८ विकेटको क्षतिमा लक्ष्य भेट्टाउँदै रोमाञ्चक जित हात पारेको हो।

नेपालका लागि कप्तान पौडेलले नटआउट १०१ रन बनाए। १६१ रनमा ८ विकेट गुमाएको दबाबपूर्ण अवस्थामा उनले सोमपाल कामीसँग अर्धशतकीय साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्‍याए। सोमपाल ३८ रनमा अविजित रहे।

content left

यसअघि सुरुवाती चरणमा नेपाल दबाबमा परेको थियो। ७४ रनमै ५ विकेट खस्दा टोली संकटमा परेको बेला गुलशन झाले कप्तानलाई साथ दिएका थिए। उनले ३६ रन बनाए। गुलशन आउट भएपछि नेपाल १५७–६ बाट १६१–८ को अवस्थामा पुगेको थियो।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको साउथ अष्ट्रेलिया ४५ ओभरमा २४२ रनमै अलआउट भएको थियो। ह्यारी मानेन्तीले ६३, दुवित हूगानबोजमले ५३, रायन किङले ३५ र म्याकेन्जी हार्भेले २४ रन योगदान दिए।

नेपालका बलर नन्दन यादव र सोमपाल कामीले समान ३–३ विकेट लिए। सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले एक–एक विकेट हात पारे।

यसअघि सम्पन्न टप एन्ड टी–२० सिरिजमा ११ टोलीमध्ये नेपाल आठौं स्थानमा रहेको थियो। त्यसपछि भएको अभ्यास टी–२० मा अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई हराएको नेपाल एसएकैविरुद्ध भने पराजित भएको थियो।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily