Aadarsh-Daily

मन्त्री र मेयरलाई कडा शैलीमा गुनासो गर्ने युवती पर्सा प्रहरीको नियन्त्रणमा

ad-4p

खानेपानी मन्त्री प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई मोबाइलमार्फत कडा शैलीमा गुनासो राखेकी एक युवतीलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।

content ad p2

वीरगन्ज महानगरपालिका–२४, रामगढ निवासी किरण साहलाई शनिबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिनुभयो।

content left

प्रहरीका अनुसार हैजाको प्रकोपका कारण युवतीका पिता सहित परिवारका अन्य सदस्य गम्भीर बिरामी भई अस्पतालको सघन कक्षामा भर्ना भएपछि उनले आफ्नो आक्रोश मन्त्री यादव र मेयर सिंहलाई फोनमार्फत व्यक्त गरेकी थिइन्। सो क्रममा उनले अत्यन्त कडा शब्द प्रयोग गर्दै स्वास्थ्य र खानेपानी व्यवस्थापनमा लापरबाही भएको आरोप लगाउँदै गुनासो गरेकी बताइएको छ।

मन्त्री यादव र मेयर सिंहले युवतीको गुनासो अभद्र शैलीमा आएको भन्दै प्रहरीमा जानकारी गराएका थिए। त्यसपछि सामान्य सोधपुछका लागि किरणलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रवक्ता लम्सालले बताए।

युवतीले मन्त्रीलाई फोनमार्फत गरेको भनिएको कुराकानीको अडियो क्लिप सामाजिक सञ्जालमा सार्वजनिक भएपछि शुक्रबारदेखि नै भाइरल बनेको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily