Aadarsh-Daily

गृहमन्त्री लेखकद्वारा वीरगन्जमा हैजा पीडितसँग भेटघाट

ad-4p

गृहमन्त्री रमेश लेखकले पर्सा जिल्लामा फैलिएको हैजा महामारीका बिरामीहरूसँग आज प्रत्यक्ष भेटघाट गरेका छन्।

content ad p2
content left

शनिबार साँझ वीरगन्ज पुगेका गृहमन्त्री लेखकले राति नारायणी अस्पतालको निरीक्षण गरेका थिए भने आज बिहान निजी अस्पतालहरूमा पुगेका हुन्। उनले वीरगन्ज हेल्थ केयर र तराई अस्पतालमा उपचाररत हैजा संक्रमित बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

भेटघाटका क्रममा गृहमन्त्री लेखकले सरकारले हैजा नियन्त्रणका लागि सबै उपायहरू अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनीसँगै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले पनि अस्पतालका बिरामीलाई भेटेका थिए।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार पर्सामा हालसम्म १५९ जनामा हैजा पुष्टि भएको छ। अधिकृत जयमोद ठाकुरका अनुसार, संक्रमितमध्ये ११२ जना निको भई घर फर्किसकेका छन् भने अहिले वीरगन्जका विभिन्न अस्पतालमा ४७ जना बिरामी उपचाररत छन्।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily