Aadarsh-Daily

प्रधानमन्त्री ओलीद्वारा धान उत्पादन विशेष क्षेत्र र स्मृति सङ्ग्रहालय अवलोकन

ad-4p

शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन चीनको तियान्जिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले हुवाइगाउँस्थित धान उत्पादनको विशेष क्षेत्र अवलोकन गरेका छन्।

content ad p2
content left

प्रधानमन्त्री ओलीले सो क्षेत्रमा धानबाली, बीउ उत्पादन, कृषि, पर्यटन र शिक्षासँग जोडिएका नमूना कार्यबारे जानकारी लिएका थिए। यस्तै, उनले नानकाई जिल्लामा अवस्थित चीनका पूर्वप्रधानमन्त्री तथा चिनियाँ क्रान्तिकारी नेता चाउ एनलाई र उनकी पत्नी तेङ यिङ्चाओको स्मृति सङ्ग्रहालय पनि अवलोकन गरेका छन्।

सो अवसरमा प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, डा. युवराज खतिवडा, छविलाल विश्वकर्मा, परराष्ट्र सचिव अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीलगायत सहभागी थिए।

प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सी चिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार चीन प्रस्थान गरेका हुन्।

सम्बन्धित खबर

रिमा यादवलाई जिताउन वीरगञ्जको कुहडीमा एमालेको अगुवा भेला सम्पन्न,

Aadarsh Daily

कृषक र युवासँग संवाद गर्दै कानु, पर्सागढी–३ मा घरदैलो सम्पन्न

Aadarsh Daily

वीरगञ्ज खानेपानी संकट २४ घण्टामै समाधान गरेको दाबी गर्दै प्रदीप यादवले दोहोर्‍याए जनताको बिचमै रहने प्रतिबद्धता

Aadarsh Daily