Aadarsh-Daily

भूमिसम्बन्धी काममा सहयोग गर्न कार्यकर्तालाई जसपाको निर्देशन

ad-4p

जनता समाजवादी पार्टी (जसपा) ले भूमि समस्या समाधान आयोगको काममा सहयोग गर्न आफ्ना जिल्ला संरचना र कार्यकर्तालाई निर्देशन दिएको छ।

content ad p2

जसपाको केन्द्रीय कार्यालयले सबै जिल्ला समन्वय समितिलाई पत्र पठाउँदै स्थानीय तहमा भूमिहीन दलित, भूमिहीन मुसहर, अन्य भूमिहीन र अव्यवस्थित बसोबासीले जग्गा प्राप्त गर्नका लागि आयोगले तोकेको ढाँचामा विवरण संकलन गर्न सहयोग गर्न आग्रह गरेको छ।

content left

कार्यालय सचिव योगराज लिम्बुले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, “स्थानीय तहबाट आयोगलाई उपलब्ध गराइने विवरण संकलनका क्रममा आफ्नो क्षेत्रमा सम्बन्धित समुदाय र व्यक्तिलाई आवश्यक जानकारी दिई सहयोग र समन्वय गरिदिनुहुन अनुरोध छ।”

भूमि समस्या समाधान आयोगले गत साउन ३० गते सार्वजनिक गरेको सूचनाअनुसार सम्बन्धित विवरण आगामी ३५ दिनभित्र संकलन गरी पठाउनुपर्ने व्यवस्था छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily