Aadarsh-Daily
ad-4p

पर्साको बहुदरामाई–१ विश्रामपुरकी २३ वर्षीया पूजा पटेलको जीवन वीरगन्ज हेल्थ केयर अस्पतालको लापरवाहीका कारण अन्धकारमा धकेलिएको छ। प्रसूति उपचारका क्रममा चिकित्सक श्वेता चौधरी र खुशबु चौधरीले गरेको ठाडो गल्तीले पूजाको पाठेघर मात्र निकालिएको छैन, मृगौलासँगै रहेको मूत्रनली समेत काटिएको भारतीय चिकित्सकले पुष्टि गरेका छन्।

content ad p2

यो घटना कुनै साधारण गल्ती होइन, पीडित परिवारका अनुसार यो सरासर हत्या प्रयास बराबरको अपराध हो।

पीडित परिवारको आक्रोश

पूजाका श्रीमान् नवलेश कुमार पटेल आक्रोशित छन्।
“अस्पतालको लापरवाहीले मेरी श्रीमती आमा बन्ने अधिकारबाट वञ्चित भइन्। उनको जीवन संकटमा छ। यदि दोषी चिकित्सकमाथि तुरुन्त कारबाही भएन भने हामी सडकमा उत्रनेछौं,” उनले चेतावनी दिए।

content left

नवलेशले गत साउन ३० गते जिल्ला प्रशासन कार्यालय, पर्सामा उजुरी दर्ता गर्दै दोषी चिकित्सकमाथि कडा कारबाही र पर्याप्त क्षतिपूर्ति माग गरेका छन्। तर अस्पताल प्रशासन उल्टै पीडित परिवारमाथि रकम असुल्ने प्रयास भएको दाबी गर्दै घटनालाई ढाकछोप गर्ने प्रयास गरिरहेको छ।

जनता आक्रोशित, आन्दोलनको तयारी

घटनापछि वीरगन्जका सर्वसाधारण आक्रोशित बनेका छन्। स्थानीयवासीहरू भन्छन् :
“चिकित्सकको नाममा लापरवाही र अपराध गरिने हो भने हामी चुप लागेर बस्दैनौं। पीडितलाई न्याय नदिए आन्दोलन चर्काउनेछौं।”

सामाजिक अभियन्ता र अधिकारकर्मीहरूले समेत यो घटनालाई गम्भीर मानवअधिकार उल्लंघन भन्दै दोषीलाई जेल हाल्न माग गरेका छन्।

प्रशासनमाथि दबाब

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उजुरीबारे छानबिनका लागि १० दिन समय लिएको बताएका छन्। तर पीडित परिवार र स्थानीयवासीहरूले ढिलाइलाई अस्वीकार गर्दै तत्काल कारबाही नभए जिल्ला प्रशासन कार्यालय नै घेराउ गर्ने चेतावनी दिएका छन्।
प्रश्न :
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा बारम्बार हुने लापरवाही कहिलेसम्म ?
निर्दोष बिरामीको जीवनलाई खेलौना बनाउन पाइन्छ ?

सम्बन्धित खबर

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily

२९ दिनमै एसईई नतिजा सार्वजनिक, ६५.९८% विद्यार्थी ग्रेडेड

Aadarsh Daily

रास्वपाले बारा जिल्ला समिति विघटन गर्‍यो, १५ जनाको सदस्यता खारेज

Aadarsh Daily