Aadarsh-Daily

नायब सुब्बा पदमा १० प्रतिशत खुला प्रतिस्पर्धाकाे व्यवस्था राख्ने सहमति

ad-4p
content left

सङ्घीय निजामती विधेयकमा नायब सुब्बा (नासु) पदमा १० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने व्यवस्था राख्ने सहमति भएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आजकाे बैठकमा निजामती सेवामा नायब सुब्बामा १० प्रतिशत खुला प्रतिस्पर्धाको व्यवस्था राख्ने सहमति जुटेको हो ।

यसअघि प्रतिनिधिसभाबाट पारित विधेयकमा नासु पदमा खुला पदपुर्ति नगर्ने व्यवस्था रहेको थियो । यस्तै यसअघि राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले प्रतिनिधिसभाले पारित गरेको सहसचिव पदको पदपूर्तिको व्यवस्था पनि उल्टाएर १० प्रतिशत खुला प्रतिस्पर्धा राख्ने सहमति गरेको थियो ।

यसैबीच निजामती कर्मचारीको अवकाश उमेरहद लागू गर्ने विषयमा राष्ट्रियसभामा राजनीतिक दलहरू विभाजित भएका छन् ।

सत्तारूढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसले निजामती सेवा विधेयक ऐनमा रूपान्तरित भएको ५९ वर्षमा अवकाश हुने र अर्को वर्ष ६० वर्षको प्रावधान लागू गर्ने सरकारको प्रस्तावमा समर्थन जनाएका छन् । नेकपा (माओवादी) केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले भने यसअघि नै यो विषयमा निर्णय भइसकेको र भइसकेको निर्णय उल्ट्याउन नसकिने अडान लिएका छन् ।

समितिमा यही विषयमा निजामती विधेयक अड्किएको छ । यही कारण आज दिउँसो सवा १ बजेका लागि बोलाएको राष्ट्रियसभाको बैठक अहिले दिउँसो सवा ३ बजेका लागि सारिएको छ ।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily