

प्रशासनको नेतृत्व कसले लिने भन्ने विषयको विवाद मुख्य कारण रहेको घटनाको छानबिनका लागि गठन गरिएको समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। घटनापछि करिब ४२ घण्टासम्म कैदीबन्दीले बन्दीगृह आफ्नो नियन्त्रणमा राखेका थिए । बन्दीगृहको गेटमा ग्यास सिलिन्डर राख्दै उनीहरूले विस्फोट गराइदिने धम्की दिएर भित्र सुरक्षाकर्मीसहित कसैलाई पनि प्रवेश गर्न दिएका थिएनन्।
कारागार घटनामा सुरक्षा कमजोरी देखिएको भन्दै कैलालीका तत्कालीन प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र प्रहरी उपरीक्षक बालनरसिंह राणाको सरुवा गरिएको छ। घटना कैलाली कारागार हुँदा निमित्तको भरमा थियो । कारागार व्यवस्था विभागले सोमबार चिरञ्जीवी सापकोटालाई कैलाली कारागार प्रमुखको रूपमा पठाएको छ । घटना भएदेखि हालसम्म कैलाली कारागार प्रमुखको रूपमा काजमा दुईजना फेरिएका थिए ।

