Aadarsh-Daily

पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १ सय ९० जना पुग्यो

ad-4p
content left

पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १ सय ९० जना पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय पर्साका अनुसार पछिल्लो पटक चार जनामा हैजा पुष्टि भएको छ । कुल १ सय ९० जना हैजा सङ्क्रमितमध्ये आजसम्म १ सय ७४ जना निको भएका छन् ।

वीरगञ्ज र पोखरियामा हैजाको सङ्क्रमण छ । हैजा र झाडापखाला देखिएको वीरगञ्जमा समग्रमा ९ सय २० जना बिरामीमध्ये ८ सय जनाभन्दा धेरै उपचारपछि घर फर्किएका छन् ।

हैजाका नयाँ बिरामी देखिने क्रम अझै रोकिएको छैन । प्रभावित क्षेत्रमा सङ्क्रमण थप फैलिन नदिन जनचेतना र सरसफाइका काम भइरहेको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily