Aadarsh-Daily

मन्त्रीलाई धम्की दिएको अभियोगमा पक्राउ परेकी किरण साह अस्पताल भर्ना

ad-4p

खानेपानी मन्त्री प्रदीप यादवलाई मोबाइलमार्फत धम्की दिएको आरोपमा पक्राउ परेकी किरण साहको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बुधबार बिहान अस्पताल भर्ना गरिएको छ।

content ad p2
content left

साहलाई गत शनिबार प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरी हिरासतमा रहेका बेला स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरीका अनुसार साहमाथि आवश्यक स्वास्थ्य परीक्षण भइरहेको छ। उनको स्वास्थ्यमा सुधार आएपछि पुनः आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिइएको छ।

यसअघि साहले मन्त्री यादव र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई मोबाइलमार्फत कडा शैलीमा गुनासो राखेकी थिइन्। उक्त घटनापछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily